Logo
धर्मो रक्षति रक्षितः

MCQs on Immunization

Shisir Kumar Adhikari 06 Dec, 2024, 08:08 PM 6792 18

तलका वाक्यहरू ठीक बेठिक भनेर चिन्ह लगाउनुहोस् ।

१. सबै भ्याक्सिनहरू +२ देखि +८ डिग्री से. मा भण्डारण गर्न सकिन्छ । 
२. सबै भ्याक्सिनहरू तातोले बिग्रन्छन् भने कुनै भ्याक्सिन चिसोले पनि बिग्रन्छन् । ☑
३. भ्याक्सिनहरू डोमेस्टिक रेफ्रिजेरेटरमा सुरक्षित साथ राख्न सकिन्छ । ☒
४. दुई वटा जीवित खोपहरू एकै दिनमा दिनु हुँदैन ।☒ 
५. खोप लगाए पश्चात संयोगवश घट्ने घटनाहरू AEFI अन्तर्गत पर्दैनन् ।☒


तलका प्रश्नहरूमा दिइएका उत्तर मध्ये सही उत्तरमा मात्र ☑ चिन्ह  लगाउनुहोस् ।

६. नियमित खोप कार्यक्रममा एफ.आई.पि.भी. खोपको उचित मात्रा कति हो ?

(क) १ मि.लि.
(ख) ०.०५ मि.लि.
(ग) ०.५ मि.लि.
(घ) ०.१ मि.लि.


७. आइस प्याक कण्डिसनिङ्ग नगरेमा बिग्रन सक्ने भ्याक्सिनहरू कुनकून हुन् ?

(क) डि.पि.टी.-हेप बी-हिब, टि.डी., एफ.आई.पि.भी, पि.सी.भी, रोटा
(ख) ओ.पि.भि, डि.पि.टी.-हेप बी, दादुरा-रुबेला
(ग) दादुरा-रुबेला, एफ.आई.पि.भी, बि.सी.जी, टि.डी.
(घ) पि.सी.भी, ओ.पि.भि, डि.पि.टी.-हेप बी-हिब


८. कुन कुन भ्याक्सिनहरू खोप दिने स्वास्थ्यकर्मी आफैंले तयार गर्नुपर्ने हुन्छ ?

(क) एफ.आई.पि.भी., डिपिटी, पि.सी.भी
(ख) पेण्टा, टि.डी., ओ.पि.भि., रोटा
(ग) रोटा, बि.सी.जी, दादुरा-रुबेला, जे.ई.
(घ) बि.सी.जी, दादुरा-रुबेला, जे.ई.

९. मांसमा (Intra-muscular) दिने खोपहरू कुन कुन हुन् ?

(क) डि.पि.टि.-हेप बी-हिब, पि.सी.भी, टी.डी., टी.सि.भी.
(ख) डि.पि.टि.-हेप बी-हिब, टी.डी., रोटा
(ग) डि.पि.टि.-हेप बी-हिब, दादुरा-रुवेला र पि.सि.भी
(घ) टी.डी., दादुरा-रुवेला, जे.ई., बि.सि.जी.


१०. हाल Intra dermal दिने खोपहरू खोपहरू के के हुन् ।
(क) रोटा र एफ.आई.पी.भी.
(ख) एफ.आई.पी.भी., बि.सि.जी र जे.ई.
(ग) दादुरा-रुवेला र जे.ई.
(घ) एफ.आई.पी.भी. र बि.सि.जी


११. छाला र मासु बीच (Sub-cutaneous) दिने खोपहरू कुन कुन हुन्?
(क) बि.सि.जी., डि.पि.टि.-हेप बी-हिब
(ख) एफ.आई.पी.भी. र बि.सि.जी
(ग) दादुरा-रुवेला र जे.ई.
(घ) टी.डी. र जे.ई.


१२. नियमित खोपमा पि.सि.भी खोप कुन उमेरमा दिइन्छ?
(क) ६, १० र १२ हप्तामा
(ख) ६, १० हप्ता र ९ महिना
(ग) ६, १० हप्ता र १२ महिना
(घ) ६ हप्ता, १२ हप्ता र ९ महिनामा


१३. खोप छुट भएको वा ड्रपआउट भएको बच्चालाई कति उमेर सम्ममा खोप पूरा गराउनु पर्छ ?
(क) १२ महिना सम्ममा
(ख) २३ महिना सम्ममा
(ग) ३५ महिना सम्ममा
(घ) ५९ महिना सम्ममा


१४. हाल बहुमात्रा भ्याक्सिन भायल नीति (Multi Dose Vaccine Vial Policy - MDVP) मा तलका मध्ये कुन कुन खोपहरूमा लागु भएको छ ?
(क) बि.सि.जी., डिपिटी-हेप बी-हिब, टी. डी, रोटा
(ख) दादुरा-रुवेला, टी.डी, एफ.आई.पी.भी.
(ग) डिपिटी-हेप बी-हिब, टी.डी, पि.सि.भि., ओ पि भि. र टी.सि.भि.
(घ) दादुरा-रुवेला, बि.सि.जी., जे.ई., पि.सि.भि


१५. एउटा स्वास्थ्य संस्थामा ४ वटा खोप केन्द्र छन्, त्यहा पेन्ट १, २ र ३ मात्रा सबैको मासिक सरदर ३७ डोज खोप लगाउँछन् भने त्यो स्वास्थ्य संस्थामा मासिक पेन्टा कति भायल खोप आवश्यक होला?

(क) ३ भायल
(ख) ४ भायल
(ग) ५ भायल
(घ) ६ भायल


१६. भ्याक्सिन भायल मोनिटर (भि.भि.एम) केको सूचक हो ?
(क) चिसोको कारणबाट भ्याक्सिन बिग्रिएको देखाउने
(ख) तातोको कारणबाट भ्याक्सिन बिग्रिएको देखाउने
(ग) म्याद सकिएको देखाउने
(घ) चिसो र तातोको कारणबाट भ्याक्सिन बिग्रिएको देखाउने


१७. राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सर्भिलेन्स भइरहेका रोगहरू कुन कुन हुन् ?
(क) क्षयरोग, हेपाटाइटिस-बी, शंकास्पद दादुरा-रुवेला, नवशिशु धनुष्टंकार
(ख) हेपाटाइटिस-बी, अतिसीघ्र लुलो पक्षाघात, निमोनिया, झ्याग्ने रोग, क्षयरोग
(ग) क्षयरोग, झ्याग्ने रोग, अतिसीघ्र लुलो पक्षाघात, शंकास्पद दादुरा-रुवेला
(घ) अतिसीघ्र लुलो पक्षाघात (ए.एफ.पी.), शंकास्पद दादुरा-रुवेला, नवशिशु धनुष्टंकार, एड्भर्स इभेन्ट फलोइङ इम्युनाइजेसन (ए.ई.एफ.आई.)


१८. तलका वाक्य मध्ये कुन वाक्य गलत हो ?

(क) नेपालबाट पोलियो रोग उन्मुलन भई सकेको ।
(ख) NDHS २०१६ अनुसार नेपालका करिब १ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाएका छैनन् र तिनीहरू हाम्रो कार्य क्षेत्रमा पनि हुन सक्छन् ।
(ग) NDHS २०१६ अनुसार खोप सुरु गरेका बालबालिका मध्ये अन्तिम खोप लिन करिब २१ प्रतिशत बालबालिकाहरू छुटिरहेको देखिएको छ ।
(घ) दक्षिण एसियाबाट सन २०२३ सम्ममा दादुरा रुवेला रोग निवारण गर्ने लक्ष्य राखिएको छ, यसको लागि नियमित खोपमा दादुरा रुवेला खोपको दुबै मात्राको कभरेज सबै तहमा ९५ प्रतिशत भन्दा माथि भई कायम रहेको हुनुपर्दछ ।


१९. आवश्यक खोप तथा खोप सामग्रीलाई संगै सप्लाई गर्ने प्रक्रियालाई के भनिन्छ ?

(क) बन्डलिङ
(ख) EEFO
(ग) Cold Chain
(घ) Logistic Management


२०. नयाँ तालिका अनुसार, एफ.आई.पी.वी. खोप नियमित खोपमा कुन उमेरमा दिइन्छ ?
(क) ६ हप्ता र १२ हप्तामा
(ख) ६ हप्ता र १४ हप्तामा
(ग) १४ हप्ता र ९ महिनामा
(घ) ६ हप्ता र १० हप्ता


२१. खोप केन्द्रमा सरसफाई प्रवर्द्धन सेसन कसले संचालन गर्नु पर्दछ ?
(क) महिला स्वास्थ्य स्वयं सेविका
(ख) स्वास्थ्य संस्था प्रमुख
(ग) खोप दिने स्वास्थ्यकर्मी
(घ) संघ संस्थाको प्रतिनिधि


२२. पूर्णखोप घोषणाका लागि कुन उमेर समूहका बच्चाको खोप सर्वेक्षण गरी पूर्णखोपको पहिचान र विश्लेषण गरिन्छ ?
(क) ० देखि १५ महिनासम्म
(ख) ० देखि १२ महिना
(ग) १६ देखि २३ महिना
(घ) ५ वर्ष मुनि


२३. बहुमात्रा भ्याक्सिन भायल नीतिका खोपहरू (डि.पि.टि.-हेप बी-हिब, ओ.पि.भि., पि.सि.भि., टी.डी., टि.सि.भि.) आज खोलिएको खोपको भायल बाह्य खोप सेसनमा कति दिन सम्म प्रयोग गर्न सकिन्छ ?
(क) ६ घण्टा सम्म
(ख) ३ दिन सम्म
(ग) ७ दिन सम्म
(घ) २८ दिन सम्म


२४. खोप घोल्नु अघि भ्याक्सिन भायल र घोलक कम्तिमा कति समय अघि देखि समान तापक्रममा राख्नु पर्छ ?
(क) कम्तिमा ६ घण्टा
(ख) कम्तिमा १२ घण्टा
(ग) कम्तिमा २४ घण्टा
(घ) कम्तिमा ४८ घण्टा


२५. खोप सेसन संचालन गर्दा भ्याक्सिन भायललाई .................. मा राखि संचालन गर्नु पर्छ ।
(क) टेबल माथि फोम प्याडमा
(ख) भ्याक्सिन क्यारियर भित्र फोम प्याडमा
(ग) कन्डिसनिङ गरिएको आइस प्याकको फालामा
(घ) भ्याक्सिन क्यारियर भित्रको जिपलक ब्यागमा


Leave Your Comment

8 Comments
Anil kumar Yadav
2026-02-16 17:00:44
Best
Sharmila panchkoti
2025-05-06 19:08:21
Tq sr
Devi shahi
2025-05-06 11:06:04
Staff nurse
Dilu
2025-05-06 09:27:20
Cma
DIPENDRA KESHARI
2025-05-06 09:07:41
Good
Sanjiv kushwaha
2025-05-06 08:52:40
Super sir
Kanchan Kumari Sah
2025-05-06 08:51:41
Nice
Kaushal Kumar Das
2025-01-23 16:00:05
Answer sheet