नारी बाटै नारी, हिंसा भईरा’छ ।
प्रत्येक दिन भारी, हिंसा भईरा’छ ।।
नियम कानुन बने, नबनेका होईनन् ।
वारी कानुन पारी, हिंसा भईरा’छ ।।
मोबाईल फेसबुक, ईन्टरनेटमा पनी
अश्लिलता उतारी, हिंसा भईरा’छ ।।
घर गाडी जंगल, कहिले स्कुलतिर ।
कहिले चिया बारी, हिंसा भईरा’छ ।।
यौन शोषण गरी, कुटपिट पनि गर्छन् ।
जीन्दगानी बिगारी, हिंसा भईरा’छ ।।
अशक्त अनाथ, अपाङ्ग बालिका माथी ।
सोची र बिचारी, हिंसा भईरा’छ ।।
दिसा पिसाब खुवाउँछन्, जिउँदै आगो लाउँछन् ।
मान्छेले मान्छे मारी, हिंसा भईरा’छ ।।
११३ औं नारी दिवसको शुभ-कामना !
Leave Your Comment