हैन ओ बिजुली नानी !
तिमी कहाँ हराईरहेकी छ्यौ ?
सम्झत
त्यो हाम्रो पहीलो भेट
जब म, मात्र ६ बर्षको थिँए
मैले तिमीलाई चिनेको पनि थिएन
पहिलो भेटमा नै तिमीले
२२० भोल्टको झट्का दिएर
एक नजरमै बेहोस परेकी थियौ
त्यसपछी म तिमीसँग परिचित भएँ
तिमी हाम्रो घरमा दिनदिनै आईरहन्थ्यौ
म मात्र होईन
हामी सबै जना
तिम्रै प्रतिक्षामा रहन्थ्यौँ
मेरो वुवाले तिम्रो साह्रै प्रशंसा गर्नु हुन्थ्योतिमी माइकल फराडेकी जेठी छोरीमान्छेको ज्यान लिनेमान्छेलाई ज्यान दिनेबलवान्अनिशक्तिशालि छ्यौ रे ?ठूला ठूला कलकारखाना चलाउँछ्यौ रे ?पानीबाट संसार जलाउँछ्यौ रे ?तिमी तसाँच्चिकै महान् जस्तो लाग्योबिस्तारै मलाई तिमी आवश्यक लाग्योमन्मनै तिमीलाई मन पराउन थालेतिमीलाई नपाएपनितिम्रा साथिसँग मेरो हिमचिम् बढ्योमोबाइल, ल्यापटप, टि.भि.जस्ताउपकरणहरु किनेँतिमीलाई राम्रोसँग चिनेँबिस्तारै बिस्तारै तिमीसँगएकोहोरो र गहिरोप्रेम बसिसकेछम तिमी बिना बाँच्न नसक्ने भएँआजभोली तिम्रै बारेमा सोचिरहन्छुभन हो बिजुली नानी तिमी कहाँ छ्यौ ?तिमी नभएरकपडामा आइरन लगा’को छैनराइसकुकरमा भात पका’को छैनभोक लागेर पनी खा’को छैनमोबाइल चार्ज गर्न पा’को छैनतिम्रो अभावमानिशा झन् अन्धकार हुन्छसुनेको छु, आज भोलीम घरमा नभा’को बेला आउँदी रहिछ्यौम घरमा आ’को बेला जाँदी रहिछ्यौतिमी आउँछ्यौ म जान्छुम आउँछु तिमी जान्छ्यौयो कस्तो बिडम्बना !मैले तिमीलाई नभेटेको पनी हप्तौँ भईसक्योअभै टाढिने कोशिस गर्दै छ्यौ रे ?हुन त तिमीलाई पनिम सँग भेटन मन त लाग्दो होतरठूला ठूला नेताहरु मिलेरतिमी माथि चलखेल गरेका छने अरेकतिले खरिद गर्र्छन्कतिले बिक्रि समेत गर्छन् अरेबिधुत प्राधिकरणले समय मिलाईलाईन् समेत काट्छ रेयो सबै सुन्दामेरो मुटु दुख्छतिमी माथि भएको घोर अन्यायमैले सहनै सकेँनतिम्रो याद आईरह्यो रतिम्रो झल्को मेट्नलाईइन्भटर कीँनेइन्भटरमा तिमीलाईलुकाएर राखेँतिमीलाई आपुर्ति पुगेनतिमी ट्वाँ–ट्वाँ करायौक्षणभरमै हरायौभन ए बिजुली नानीसदा नहराउने गरीतिमी कहीले आउँछ्यौ ?
✍शिसिर कुमार अधिकारी
Leave Your Comment
Sarita
bachat21@gmail.com2023-02-15 16:29:49